Introduction

तिमिल्सिना बंश परिचय :

तिमल्सिना, तिम्सिनाहरु भगवान बिष्णुका कति औ पूस्ताका सन्तान हौ ? तपाईलाई थाहा छ ? थाहा नभए अव थाहा पाउनु हुने छ ।

भगवान बिष्णुका १९औ पुस्ताका सन्तान मौदगल्य ऋषी (वहाँ कै नामवाट तिमिल्सिनाहरुको गोत्र प्रचलित छ) ८४औ पुस्ताका इला, बिसा, बासु ले बि.स. ६०८ तिर हालको अछाम जिल्लाको तिमल्सेन गाँऊ बिर्ता पाएर बसोवास गर्नु भएको थियो । तिमल्सेन गाउमा बसोवास गरेका कारण तिमल्सेना, तिमिल्सिना, तिम्सिना, थरको प्रचलन भएको इतिहास पाइन्छ । सन्तान फैलिदै जाँदा तिमल्सेनका नजिकका गाउहरु सिमरखाडा, कुइका, बेलकाटे, कुइका आदीमा छरिएर बसोवास गर्न थाले, जुन स्थानमा बसोवास भयो त्यहीबाट थर बोलाउन थालियो । इला का २०औ पूस्ताका श्रीकृष्ण बि.स.१३७६ मा दैलेखको कोइराली भन्ने गाउँ बिर्ता पाएर बसोवास गर्न थाले र कोइराला भए । कोइराला, कुइकेल, उप्रेती, सिम्खाडा, मुडुलाकार्की, नैनावस्ती, बेलवासे, बेलकाडी, बिष्ट, बगाले, कुमेडी, बसौला, न्युरे, लेकाल, गोराथोकी, जोशी, कालीकोटे थापा आदी हाम्रा एकै गोत्र भएका स्वगोत्रीहुन् । यी थरहरु दाजुभाई बंश भएकोले बिवावारी हुनुहुदैन । तर आज हामीलाई आफ्नो इतिहास र पौराणिक महत्वका कुराहरु थाहा पाउन, जान्न कठिन भएको छ । त्यही कठिनलाई सहजताका लागि बंश उद्धार र भावी संततीलाई बंश इतिहास जानकारी दिने सहज माध्यमको रुपमा यो बेवसाइट तयार गरिएको छ ।

बंशको खोज अनुसन्धान गर्न चाहने, चासो राख्ने सबैलाई सजिलो माध्यमबाट जानकारी पस्किन यो सप्mटवेयर तयार गरि प्रस्तुत गरिएको छ । बिश्वभर छरिएर रहेका हाम्रा बंशका दाजुभाई दिदीवहिनी सबैलाई बंश परम्परा, रितिथिती, पुर्खाको बारेमा जे जति थाहा छ त्यही जानकारी तथ्यांक उपलब्ध गराई बंशावलीलाई पुर्णताः प्रदान गर्नु पर्दछ । बंशावलीका पूस्तकहरु छापिएका छन् । पुस्तकका छापिएका बिषयहरुलाई अध्यावधिक गर्न, नयाँ खोजभएका बिषयहरु थप गर्न त्यति सजिलो छैन । त्यस्तो समस्यालाई समाधान गर्ने एक उपाय सप्mटवेयरमा संकलन गर्नु हो । भविश्यमा पुस्तक बनाएर राख्ने, सप्mटवेयरमा नै राख्ने वा अन्य तरिकावाट प्रयोग उपयोग गर्न सकिन्छ भन्ने अभिप्रायले यो प्रयास गरिएको छ । तपाईले आ आप्mनो ठाउवाट जे सक्नुहुन्छ सहयोग गर्नु हुने छ भन्ने आशा गरिएको छ ।

जुन बंशमा जन्म लियौं त्यही बंशका पुर्खाको रुपमा हामी पनि चिनिन्छौ । कति पुस्ताले चिन्नेछन् ? के योगदान दिएका छौ र भविश्यमा कसरी चिनिने छौ ? भन्ने हाम्रो आजको कर्मले निर्धारण गर्नेछ । त्यसैले राम्रो कर्म गरेर यो चोलाबाट बिदा लिएमा भावी पुस्ताले तपाईलाई पनि सम्झिरहने छ । तपाई चाही आफुलाई कसरी संम्झियोस भन्ने चाहनुहुन्छ ?

कितावको रुपमा राखिएको बंशावलीमा सबैलाई समेट्न सकिएको छैन । किताव छापिएको भोलीपल्ट थाहा भएको बन्धुको नामावली पनि समेट्न नसकिएको पिडा छ । यो सफ्टवेयरबाट जहिले पनि जहाँवाट पनि बन्धुसंग भेट भएमा, कुनै बन्धुको बारेमा थप जानकारी प्राप्त भएमा तुरुन्तै अध्यावधिक गर्न सकिन्छ । अर्को कुरा बंशावलीको कितावमा पुरुषलाई मात्र समावेश गरेर हाम्रो बंश चलाउने आमा, हजुरआमाको नाम पनि लेख्न सकेको छैन, अन्याय भएको छ । आप्mनै रगत, फुपु दिदी बहिनीलाई समेट्न सकिएको छैन । अझ नातेदार फुपाजु, भिनाजुको त कुरै आएन । पुर्खाहरुको बारेमा बिस्तृत जानकारी राख्न पाइएको छैन । वहाँहरुको जन्म मिति, बसाई सराई, देश र समाजलाई दिएको योगदान आदी बारेमा केही चर्चा गर्न सकिएको छैन । यी सबै कुरालाई समावेश गराउने उदेश्यले यो सप्mटवेयरको प्रयोग गर्न शुरु गरिएको छ । भविश्यमा तपाई हामी पनि पुर्खा नै हो । त्यसबेलामा पनि भावी पुस्ताले तपाईलाई सम्झिरहने रेकर्ड केमा कसरी राख्नु भएको छ । अब यहाँ राखेर अध्यावधिक गरौं ।

आप्mनो बंशलाई अगाध माया प्रेम गर्ने युवा ब्यक्तित्वले उपहार स्वरुप सप्mटवेयर प्रदान गर्नु भएको छ । संचालन गर्न तपाई हामीले आ आप्mनो स्थानवाट योगदान दिएर यो राम्रो मिसनलाई पुरा गर्नु पर्दछ ।

सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क ९८५६०६०५०६ मा सम्पर्क गर्नु होस् । धन्यवाद