Episode 2

१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।

२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा...

Genealogy

तपाईका पुर्खा/पुस्ताको नामावली सफ्टवेयरमा प्रबिष्ट गरिए पछि तपाईले आप्mनो बंशावली हेर्न सक्ने प्रयोग गर्न सक्ने आइ डी बन्नेछ । त्यसपछि तपाईले आफै आफ्नो बंशावली हेर्न थप गर्न सक्नुहुनेछ । छुटेका आफ्ना पुर्खा, बंश, बावुबाजे, बज्यै, हजुरआमा, फुपु दिदी भिनाजु फुपाजु, भान्जा भान्जी सहित अध्यावधिक गर्न सक्नुहुनेछ ।

आइडी लिएर यो साइड तपाईले प्रयोग गर्न थालेपछि

बिश्वभरका आफ्ना आफन्त र बन्धुहरुको नाम सम्पर्क नम्वर र नाता सम्बन्ध के पर्छ हेर्न सक्नुहुन्छ ।

History -1

हामी तिमिल्सिना, तिमल्सेना, तिम्सिनाहरु भगवान बिष्णुका सन्तान हौ । बिष्णुले ब्रम्हाको उत्पती गराउनु भयो । ब्रम्हावाट अंगिरा, बृहस्पती हुदै १९औ पुस्ता मौद्धगल्य ऋषी हुनुहुन्थ्यो । मौद्धगल्य ऋषीले आप्mना बंश परम्परालाई ब्यवस्थित गर्न गोत्र चलाउने थालनी गर्नु भएको थियो ।

हाम्रो बंशको इतिहास क्रमशः खोजी गर्दै तपाई सामु पस्किदै जानेछौ । तपाईको जानकारी आएको बिषयहरुलाई संकलन गरेर हामीलाई पठाउनु भएका प्रकाशन गर्नेर्छौ ।

धन्यवाद

Contact us

विश्व भरि छरिएर बसेका १० लाख भन्दा बढी बन्धुबान्धबको दैनिक बंशबृद्धी भईरहेको छ । कसरी सुचना लिने कसरी अध्यावधिक गर्ने कसरी भातृत्व प्रेम साटासाट गर्ने दुःखमा कसरी साथ दिने गाह्रो कार्य थियो । आधुनिक युगमा प्रविधिको प्रयोग गर्न सक्यौ भने विश्वलाई आफ्नो हातमा समेट्न सक्नेर्छौ । सबै बन्धुहरु एकत्रित गराउन सक्नेछौ सबै सुचना आदान प्रदानगर्न सक्नेर्छौ । एकको दुःखमा बिश्वभरीबाट साथ दिन सक्नेछौ, खुशीमा खुसी साट्न उल्लासमा उल्लास थप्न सकिने माध्यम बनाउन सक्नेछौ ।

कसरी संभव हुनसक्ला

हरेक वडा बडामा एक महिला एक पुरुष गरि २ जनाका दरले संपर्क ब्यक्ति तोकिने छ । वहाँहरु सबैलाई सफ्टवेयर अध्यावधिक गर्ने...

Culture

कुनै जातिलाई सिध्याउनु छ भने उस्को संस्कार संस्कृती र इतिहास सिध्याई दिनु उक्त जाती आफै सिद्धिन्छ भन्ने भनाई सुन्नु भएकै होला । तपाई हामीलाई पनि आफ्नो इतिहास संस्कार संस्कृती थाहा छ पहिल्याउनु भएको छ संस्कृती बेगरको मान्छे मात्र भएका त छैनौ ।

तिमिल्सिना, तिमल्सेना, तिम्सिनाहरु विश्वभर छरिएर रहेका छौ । हाम्रो जनसंख्या पनि १० लाख भन्दा बढी छ । ठाउ अनुसारका हाम्रो चालचलन रितिथिती, संस्कार संस्कृतीहरु फरक फरक छन् त्यसरी नै प्रचलनमा आएका छन् । हामी हाम्रो बंशावली संकलन संगसंगै संस्कार संस्कृतीको बारेमा पनि खोजी गर्दै, चर्चा गर्दै छौ । तपाई पनि आफ्नो स्थानबाट खोजी संकलन र एकिकृत गर्न सकेसम्मको...

Introduction

तिमिल्सिना बंश परिचय :

तिमल्सिना, तिम्सिनाहरु भगवान बिष्णुका कति औ पूस्ताका सन्तान हौ ? तपाईलाई थाहा छ ? थाहा नभए अव थाहा पाउनु हुने छ ।

भगवान बिष्णुका १९औ पुस्ताका सन्तान मौदगल्य ऋषी (वहाँ कै नामवाट तिमिल्सिनाहरुको गोत्र प्रचलित छ) ८४औ पुस्ताका इला, बिसा, बासु ले बि.स. ६०८ तिर हालको अछाम जिल्लाको तिमल्सेन गाँऊ बिर्ता पाएर बसोवास गर्नु भएको थियो । तिमल्सेन गाउमा बसोवास गरेका कारण तिमल्सेना, तिमिल्सिना, तिम्सिना, थरको प्रचलन भएको इतिहास पाइन्छ । सन्तान फैलिदै जाँदा तिमल्सेनका नजिकका गाउहरु सिमरखाडा, कुइका,...