Culture

कुनै जातिलाई सिध्याउनु छ भने उस्को संस्कार संस्कृती र इतिहास सिध्याई दिनु उक्त जाती आफै सिद्धिन्छ भन्ने भनाई सुन्नु भएकै होला । तपाई हामीलाई पनि आफ्नो इतिहास संस्कार संस्कृती थाहा छ पहिल्याउनु भएको छ संस्कृती बेगरको मान्छे मात्र भएका त छैनौ ।

तिमिल्सिना, तिमल्सेना, तिम्सिनाहरु विश्वभर छरिएर रहेका छौ । हाम्रो जनसंख्या पनि १० लाख भन्दा बढी छ । ठाउ अनुसारका हाम्रो चालचलन रितिथिती, संस्कार संस्कृतीहरु फरक फरक छन् त्यसरी नै प्रचलनमा आएका छन् । हामी हाम्रो बंशावली संकलन संगसंगै संस्कार संस्कृतीको बारेमा पनि खोजी गर्दै, चर्चा गर्दै छौ । तपाई पनि आफ्नो स्थानबाट खोजी संकलन र एकिकृत गर्न सकेसम्मको योगदान दिनुहुनेछ भन्ने विश्वास लिएका छौ ।