Episode 2
१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।
२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।
३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।
४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।
५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।
६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।
७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।
८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।
९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।
१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।
११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्यौं ।
१२, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं ।
१३, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा घरकाे माटाेकाे मझेरीमा सुत्यौं । बिहान घाम झुल्किसकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा सुतिरह्यौं । ती सबै दिनहरु बिते,कथा जस्ता भए । अचेल त डब्बा जस्तो कोठामा एसी र कुलर लगाएर नरम बिस्तारा सहितको पलंगमा सुत्दा पनि मीठो प्राकृतिक निन्द्रा छैन ।
१४, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, भेट्यौं,। अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी, एकलकाटे हुँदै गए । हामी नै त्यो भाग्यमानी पिढी हौं जस्ले सुमधुर सम्बन्धको मिठास चाख्यौ ।
१५ , बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं ।
१६. हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले नाङ्गो गाेडा हुँदै हात्तीछाप चप्पल चुडिदा केतुकेकाे काँडले उनी लाएकाे र डाेरीले बाँधी प्रयाेग गरेकाे थियौं।
हामी नै त्यो पुस्ता हौं, जस्ले आफ्नो आमा बुबाको कुरा पनि मान्यौं र बच्चाहरुको पनि मानिरहेकै छौ ।।