Genealogy

तपाईका पुर्खा/पुस्ताको नामावली सफ्टवेयरमा प्रबिष्ट गरिए पछि तपाईले आप्mनो बंशावली हेर्न सक्ने प्रयोग गर्न सक्ने आइ डी बन्नेछ । त्यसपछि तपाईले आफै आफ्नो बंशावली हेर्न थप गर्न सक्नुहुनेछ । छुटेका आफ्ना पुर्खा, बंश, बावुबाजे, बज्यै, हजुरआमा, फुपु दिदी भिनाजु फुपाजु, भान्जा भान्जी सहित अध्यावधिक गर्न सक्नुहुनेछ ।

आइडी लिएर यो साइड तपाईले प्रयोग गर्न थालेपछि

बिश्वभरका आफ्ना आफन्त र बन्धुहरुको नाम सम्पर्क नम्वर र नाता सम्बन्ध के पर्छ हेर्न सक्नुहुन्छ ।

बंशावलीमा श्रीमान श्रीमति छोरा छोरी बुहारी ज्वाई, भान्जाभान्जी समेत सहभागी गराउन सकिनेछ ।

आफन्तको फोटोहरु राख्न सक्नुहुनेछ । फोटो सहितको बंशावली बनेको हुनेछ ।

तपाई र तपाईका आफन्तले गरिरहेको पेशा ब्यवसायको बिवरण सहित बायोडाटा उल्लेख भएको हुनेछ ।

कदर सम्मान, मान पद्वी पाएको भएमा बिवरण राख्न सकिन्छ ।

उत्कृष्ट कार्य गरि किर्तीमानी कायम गरेको बिवरण उल्लेख गर्न सकिन्छ ।

पुर्खाले कमाएको ख्याती चर्चा भावी पुस्ता सम्मलाई राखिदिन सकिनेछ ।

पुर्ण तयारी भएको बंशावली प्रिन्ट गरेर पूस्तक बनाउन सकिनेछ ।

तपाईले आइडी पासवर्ड लिएपछि आफ्नो बंश आफै अध्यावधिक गराउन सक्नुहुनेछ ।